Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

गौरादह, ५ मंसिर २०७७ । झापाको गौरादहमा आज एकैदिन दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह-७ कि ७५ वर्षिया महिला र ८ नं. वार्ड का ६३ वर्षिय पुरुष रहेका छन् ।

दुवैजनाको नोवेल हस्पिटलमा उपचाररत रहेकै बेला आज बिहान मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक पुरुषमा यहि ४ गते कोरोना संक्रमण पुष्टी भएको थियो भने, मृतक महिलामा मृत्यु पश्चात कोरोना पुष्टी भएको जनाइएको छ । थप २ जनाको मृत्यु भएसँगै गौरादहमा २ महिला र १० पुरुष गरि १२ जनाको कोभिड१९ का कारण मृत्यु भएको छ ।

यस्तै, गौरादहमा आज थप ५ जनामा संक्रमण पुष्टी भएको छ । जसमा २ महिला र ३ पुरुष रहेका छन् । संक्रमित ५ जना १, ३ र ४ नं. वार्डका रहेका छन् ।

आज थप ५ जनामा संक्रमण पुष्टी भएसँगै गौरादहमा कोरोना संक्रमित हुनेको संख्या १ सय ८५ पुगेको जनाइएको छ ।

हालसम्म ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जनाइएको छ । कोरोना संक्रमण भई ८८ जना सक्रिय संक्रमित होम आइसोलेसन र हस्पिटलको आइसोलेसनमा उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments