Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ३ मंसिर २०७७ । झापामा आज थप ३० जनामा संक्रमण देखिएको छ । जसमा ९ महिला र २१ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका ३ महिला र २ पुरुष गरि ५ जना, बिर्तामोडका २ महिला र ६ पुरुष गरि ८ जना, गौरादहका १ महिला र १ पुरुष गरि २ जना रहेका छन् ।

यस्तै, भद्रपुरका १ महिला र ८ पुरुष गरि ९ जना, अर्जुनधाराका २ महिलामा, शिवसताक्षीमा १ पुरुष, कमलमा २ पुरुषमा र झापामा १ पुरुषमा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

झापामा आज ३० जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या हजार ३ हजार ९४ पुगेको जनाइएको छ । यस्तै, हालसम्म १ हजार ९ सय २० कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

१ हजार ८६ जना सक्रिय संक्रमित बिरामी विभिन्न आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ । कोभिड१९ का कारण झापामा हालसम्म ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ । यस्तैगरी, झापामा हालसम्म ३१ हजार ९ सय ९९ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया