Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

कमल, ३ मंसिर २०७७ । झापाको कमल गाउँपालिकामा कोरोना संक्रमण बाट हिंजो एक जना पुरुषको मृत्यु भएको छ । कमल-३ केर्खाका २८ वर्षीय पुरुषमा हिंजो कोरोना संक्रमण पुष्टी भएकै दिन विराट मेडिकल कलेजमा उपचाररत रहेको बेला मृत्यु भएको कोभिड-१९ व्यवस्थापन कार्यमा खटिनुभएका स्वास्थ्यकर्मी इन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

यस सँगै कमलमा कोरोनाका कारण १ महिला र ५ पुरुष गरि ६ जनाको मृत्यु भएको जनाइएको छ । कमलमा हालसम्म संक्रमित हुनेको संख्या १ सय ६५ जना पुगेको अर्यालले जानकारी दिनुभयो ।

हालसम्म कोरोना संक्रमण भई ४६ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ । १ सय १३ जना संक्रमित बिरामी निको भई डिस्चार्ज भएको अर्यालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया