Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ३ मंसिर २०७७ । झापाको गौरादहमा आज थप २ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित २ जना ७ नं. वार्डका १ महिला र १ पुरुष रहेका छन् । उनिहरु दुवैको न्यूरो अस्पताल विराटनगरमा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज थप २ जनामा संक्रमण पुष्टी भएसँगै गौरादहमा कोरोना संक्रमित हुनेको संख्या १ सय ७५ पुगेको गौरादह नगर स्वास्थ्य शाखा संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित ८३ जना डिस्चार्ज भएको जनाइएको छ । कोरोना संक्रमण भई ८२ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ७५ जना र हस्पिटलको आइसोलेसनमा ७ जना रहेका छन् ।

यस्तै, १ महिला र ९ पुरुष गरि १० जनाको कोभिड-१९ का कारण मृत्यु भइसकेको जनाइएको छ । यस्तैगरि, हालसम्म २ हजार १३ जनाको पीसीआर परीक्षण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया