Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, २४ कात्तिक । जिल्लामा थप ६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा २४ महिला र ३६ पुरुष रहेका छन ।

झापा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड र दमकका रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ६६ पुगेको जनाइएको छ ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा दममका १८, बिर्तामोडका १२, मेचीनगरका २, भद्रपुरका २, अर्जुनधाराका २, कन्काइका ४, बुद्धशान्तिका २, गौरादहका ४, कचनकवलका ३, कामलमा १, शिवसताक्षीका १, गौरीगञ्जका १ र अन्य ९पलिकाका नखुलेको० ९ गरि ६० जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ६४९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ६१४ पुगेको छ । हाल झापामा ९७० जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया