Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २४ कार्तिक । झापाकाको गौरादह नगरपालिकामा रहेको गौरादह सामुदायिक कृषि सहकारी संस्थाकोे १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कुल कारोबार ३ करोड ४ लाख २२ हजार ७ सय ६९ रुपैयाँ रहेको यस सहकारीले आर्थिक बर्ष २०७६।०७७ मा ४१ लाख २१ हजार २ सय २४ रुपैयाँ कुल मुनाफा गरेको छ ।

संचालन खर्च, सबै प्रकारका कोष बाँडफाँड तथा आयकर लगाएतको सम्पूर्ण खर्च कटाएर सहकारीले खुद मुनाफा १२ लाख १९ हजार १०२ रुपैयाँ गरेको छ ।

कोरोना भाइरस(कोभिड–१९) को बढ्दो संक्रमणका कारण नेपाल सरकारद्वारा जारी गरिएको सुरक्षा सम्बन्धी मापदण्डहरुको पालना गर्दै उच्च सतर्कताका साथ संस्थाले विभिन्न १४ वटा समूहगत क्षेत्र निर्माण गरी सबै समूहका शेयर सदस्यहरुलाई अलग अलग स्थानमा कार्तिक २२ गते उपस्थित गराई वार्षिक नीति कार्यक्रम र प्रस्तावहरु माथि छलफल गरिएको ब्यवस्थापक भरत अधिकारीले जानकारी गराए ।

ब्यवस्थापक अधिकारीका अनुसार उक्त कार्तिक २२ गते उपस्थित हुन छुट्ने शेयर सदस्यहरुलाई २३ र २४ गते गौरादह १ मा रहेको कार्यलयमा उपस्थित गराई समूहगत छलफलबाट प्राप्त राय, सल्लाह र सुझाव सहित साधारण सभा आज सोमवार सम्पन्न गरिएको हो ।

सहकारीको वार्षिक प्रतिबेदन अनुसार आर्थिक बर्ष २०७६।०७७ सम्ममा संस्थामा १२ सय ५७ जना सेयर सदस्यहरु रहेका छन् । कुल सेयर पुजी १ करोड १२ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया