Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २२ कार्तिक । महारानीझोडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरादहले वार्षिक प्रतिवेदन २०७७ सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७६।२०७७ मा संस्थाले १० करोड ३९ लाख १९ हजार ५८ रुपयाँ बराबरको कुल कारोबार गरेको छ ।

झापाको गौरादह– ५ मा रहेको यस सहकारीले सो आर्थिक बर्षमा १ करोड १८ लाख २७ हजार १ सय ९२ रुपैयाँ कुल मुनाफा गरेको छ । संचालन खर्च, सबै प्रकारका कोष बाँडफाँड, आयकर लगाएतको सम्पूर्ण खर्च कटाएर सहकारीले खुद मुनाफा १८ लाख ४० हजार २ सय १९ रुपैँया रहेको प्रतिवेदनले देखाएको छ ।

कोरोना भाइरस(कोभिड–१९) को बढ्दो संक्रमणका कारण बिगत बर्षहरु जस्तो सम्पूर्ण शेयर सदस्यहरुलाई एकै ठाउँमा उपस्थित गराई साधारण सभा सम्पन्न गर्न नसकिने अवस्था रहेको हुँदा नेपाल सरकारद्वारा जारी गरिएको सुरक्षा सम्बन्धी मापदण्डहरुको पालना गर्दै उच्च सावधानी र सतर्कताका साथ २१ औं वार्षिक साधारण सभा सम्पन्न गरिने सहकारीका अध्यक्ष मित्रदेव काफ्लेले बताए ।

प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष काफ्लेले २१ औं साधारण सभा भोलि कार्तिक २३ गते देखि २६ गते सम्म शेयर सदस्यता नम्बरका आधारमा विभिन्न ४ वटा समूह निर्माण गरि प्रत्यक समूहका लागि प्रतिवेदनमा प्रस्ताव गरिएका नीति कार्यक्रमका बारेमा छलफल र सुझाव संकलन गर्न छुट्टा छुट्टै मिति निर्धारण गरिएको जानकारी समेत गराए । उनका अनुसार सेयर सदस्यहरुबाट समूहगत छलफल सम्पन्न गरि प्राप्त राय, सल्लाह र सुझाव सहित साधारण सभा मंसिरको दास्रो हप्ता सम्पन्न गरिने छ ।

भोलि कार्तिक २३ गते आइतवारबाट सुरु हुने सो २१ औं वार्षिक साधारण सभामा पेश गर्ने वार्षिक प्रतिबेदन आज सहकारीको आफ्नै सभा हलमा एक कार्यक्रमका बीच संस्थाक अध्यक्ष, पदाधिकारी तथा सल्लहाकारहरु सहितले संयुक्तरुपमा सार्बजनिक गरेका हुन् ।

साधारण सभामा सहभागि हुन आउने शेयर सदस्यले पूर्व निर्धारीत आफ्नो पालो अनुसार उपस्थित भई स्वास्थ्य मापदण्ड अनुसार माक्स अनिवार्य लगाउनु पर्ने तथा सामाजिक दुरीको पालना गर्नुपर्न संस्थाका कोषाध्यक्ष युवराज बाँस्कोटाले बताए ।

४६ पृष्ठको वार्षिक प्रतिवेदन २०७७ मा संस्थाको बिस्तृत प्रगति बिवरण तथा अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, कोषध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन समावेश गरिएको छ ।

सहकारीद्वारा सार्वजनिक गरिएको सो पार्षिक प्रतिबेदनका अनुसार आर्थिक बर्ष २०७६।०७७ सम्ममा संस्थामा १२ सय ७५ जना सेयर सदस्यहरु रहेका छन् । कुल सेयर पुजी १ करोड २९ लाख २३ हजार ८ सय रुपैयाँ रहेको छ ।

प्रतिवेदन सार्वजनिक उक्त कार्यक्रममा प्रमुख अतिथि तथा जनप्रतिनिधि कपिलमणी काफ्ले, सल्लाहाकार समिति संयोजक रमेश कुमार खरेल, जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष योगेस आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

सहकारीका अध्यक्ष मित्रदेव काफ्लेको सभापतित्वमा संस्थाका कोषाध्यक्ष युवराज बाँस्कोटले संचालन गरेको सो वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका लेखा समिति संयोजक नेत्र प्रसाद ढुंगानाले उपस्थितलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया