Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

अनलाईन विचार
गौरादह, १९ कार्तिक । कार्तिक महिना लागेसँगै किसानहरुलाई धान काट्न चटारो परेको छ।असार महिनामा किसानहरुले लगाएको धान बालि कार्तिक लागेपछि पाकेर पहेँलै भएको छ।खेतमा धान पाकेर पहेँलै भएपनि धान काट्ने कृषि मजदुरको अभाब भएपछि धान काटेर उठाउन समस्या भएको किसान बताउँछन्।

युवाहरु वैदेसिक रोजगारमा विदेश जाँदा खेति गर्ने ब्याक्तीहरुको अभाव भएको हो।गाउँ घरमा बस्ने मजदुरहरु कृषि मजदुरीमा भन्दा पनि निर्माण तथा गैर कृषि मजदुरीमा आबद्ध छन् । गाउँघरमा बेरोजगार रहेका युवाहरु सहर तर्फ रोजगारिको खोजिमा जानेगरेका छन् । घरमा बसेका युवाहरु पनि अन्य सहज र चाडै आयआर्जन हुने काममा जाने भएकाले पाकेको धान उठाउन समस्या भएको किसानहरुको भनाइ छ।

युवाहरु सहज काम र बैदेसिक रोजगारीमा जानाले गाउँ घरमा बुढापाका मात्र रहेका छन।गाउँ घरमा रहेका बुढापाकाहरुले दुस्ख शुख असारमा धान रोपेपनि अहिले बाली उठाउने समयमा संकट भएको छ।आफूले लगाएको बाली समयमा उठाउनका लागि उज्यालो हुनसाथ किसानहरु ज्यालामा धान काट्ने मजदुर खोज्दै हिड्ने गरेका छन्।

धेरै खेती भएका किसानहरु नाफा घाटा जे जस्तो भएपनि दिनीमा धान बाली उठाउने मजदुर खोज्दै हिड्दै छन्।घरमा बाली उठाउने जनशक्ति नभएपछि ज्यालामा कामदार लगाउनु भन्दा दिनीमा लगाउनु फाइदा हुने गौरादह (२ का किसान कर्ण बहादुर खड्का बताउँछन्।घरमा काम गर्ने जनशक्ति नहुदा ज्यालादारीमा काम लगाउनु भन्दा बाली उठाउने र सम्पूर्ण कामको जिम्मा दिनीमा दिंदा सहज हुने खड्का बताउँछन्।

धान पाकिसकेकाले धान समयमै उठाउन नसक्दा पानी पर्यो भने पाकेको धान बिग्रीन सक्ने सम्भावना रहेको किसान बताउँछन्।पछिल्लो समयमा काममा सहजताका लागि आधुनिक उपकरणहरु भित्रीएका छन्।खेत जोत्ने धान काट्ने र धान माड्ने आधुनिक उपकरण आइसकेका छन्।खेती गर्न आधुनिक उपकरणहरु भित्रीएपनि सबै किसानको पहुच सम्म पुग्न सकेको छैन।

बाली लगाउने समयमा सोचे भन्दा बढी लगानी भइसकेकाले बाली उठाउने समयमा उपकरण लगाउदा थप लगानी हुने भएकाले पाकेको बाली उठाउन मजदुर लगाएर उठाउने तयारीमा रहेको किसान बताउँछन्।किसानले बाली लगाउदा देखि बाली उठाउन समेत उपकरणको प्रयोग गर्दा लगाएको बालीले लागत मूल्य पनि नउठ्ने हो कि भन्ने चिन्ता किसानलाई छ।

किसानहरुले हाल सम्म मुख्य बालीको रुपमा पहिले देखि धान बाली लगाउदै आएका छन्।ग्रामिण क्षेत्रका अधिकांश किसानहरुले सरकारी तवरबाट राहत पाउन सकेका छैनन्।

आधुनिक उपकरण आउनु भन्दा पहिले किसानहरुले परम्परागत तरिकाले निर्वाहामुखी खेती गर्दथिए। परम्परागत रुपमा खेती गर्दा आम्दानी कम भएपनि जोखिम पनि कम भएको गौरादह -७ का किसान दुर्गा ढकाल बताउँछन्।

पछिल्लो समयमा आधुनिक उपकरण भित्रीए सँगै किसानहरुले व्यवसायीक खेतिमा खेतीमा ठूलो लगानी लगाउने गरेका छन्।ठूलो लगानीमा लगाएको बालीले बिक्री गर्ने समयमा उचित मूल्य नपाउदा उपकरणको भरमा मात्र काम गर्दा फाइदा नहुने किसानको भनाइ छ। काम गर्ने मजदुर नहुदा केही किसानहरुले जसो तसो बालि उठाउनका लागि आधुनिक उपकरण प्रयोग गर्ने गरेका छन्।जसरी भएपनि पाकेको बाली उठाउनका लागि किसानहरु लागि परेका छन्।

तपाईको प्रतिक्रिया