Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

झापा, १६ कार्तिक २०७७ । देशभर आज थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ हजार ४६ महिला र १ हजार ७ सय ७८ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १४ लाख ५६ हजार ३ सय ६६जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ हजार ३ सय ८६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ३७ हजार ७ सय ६५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३१ हजार ३ सय ९४ जना र संस्थागत आइसोलेसनमा ६ हजार ३ सय ७१ जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, मोरंग, सुनसरी, काठ्माडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्र्व, दाङ, रुपन्देही, र कैलाली गरि १४ जिल्ला रहेका छन् ।
यस्तै, मुस्ताङ, मनाङ र बाजुरा गरि ३ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ८३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७८ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप २३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments