Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १४ कार्तिक २०७७ । झापामा आज थप ३४ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १३ महिला र २१ पुरुष रहेका छन् ।

आज संक्रमित हुनेहरु गौरादहका २ महिला र १ पुरुष, दमकका १ पुरुष, बिर्तामोडका ३ महिला र ६ पुरुष गरि ९ जना, मेचिनगरका १ पुरुष, भद्रपुरका २ महिला र ३ पुरुष गरि ५ जना, कन्काईका २ महिला र ५ पुरुष गरि ७ जनामा, हल्दिबारीका १ महिला र १ पुरुषमा, अर्जुनधारामा १ महिला र अन्य जिल्लाको २ महिला ३ पुरुष गरी ५ जनामा गरी कुुल ३४ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यसैबीच कोरोनाका कारण झापाको गौरादह,दमक र शिवसताक्षीका गरी ३ जना पुरुषको मृत्यु भएको जनाइएको छ । यो सँगै झापामा हालसम्म ३४ जनाको संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

यस्तैगरी हालसम्म झापामा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ३९ पुगेको छ भने, बिरामी भई विभिन्न आइसोलेसनमा उपचाररत रहेका सक्रिय संक्रमितको संख्या ६ सय ३४ पुगेको छ । १ हजार २ सय ७४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म १९ हजार २ सय ७९ जनाको पीसीआर गरीएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया