Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, १४ कार्तिक २०७७ । देशभर आज थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ हजार ३ सय ६१ महिला र २ हजार १ सय ५६ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ९ सय ८९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १४ लाख ३४ हजार ५३ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ हजार ६ सय ६६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३८ हजार ३ सय ५७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३१ हजार ३ सय ८७ जना र संस्थागत आइसोलेसनमा ६ हजार ९ सय ७० जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, मोरंग, सुनसरी, काठ्माडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्र्व, दाङ, रुपन्देही, र कैलाली गरि १४ जिल्ला रहेका छन् ।
यस्तै, मुस्ताङ र मनाङ गरि २ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय जना संक्रमित आइसियुमा रहेका छन् भने, ७१ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया