Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, १४ कार्तिक २०७७ । झापाको गौरादहमा एकै परीवारका ३ जनामा संक्रमण पुष्टी भएको छ । गौरादह-१ घर भएका एकै परीवारका ३ जनामा संक्रमण देखिएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

आज संक्रमित हुनेहरु यहि कार्तिक ९ गते कोरोना संक्रमण पुष्टी हुनुभएका स्वास्थ्य चौकी गौरादहमा कार्यरत पुरुष कर्मचारीको आमा, श्रीमती र छोरामा संक्रमण देखिएको जनाइएको छ ।

यहि कार्तिक १२ गते कन्टयाक्ट ट्रेसिङको आधारमा २२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको र बाँकी १९ जनाको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।

गौरादहमा हालसम्म ६७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको जनाइएको छ ।

यसैबीच, कोरोना संक्रमणका कारण गौरादह१ का एक जना पुरुषको मृत्यु भएको छ । नोवेलमा उपचाररत रहनुभएका ८५ वर्षीय पुरुषमा हिंजो कोरोना पुष्टी भएको गौरादह-१ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

हालसम्म कोरोना संक्रमणका कारण गौरादह-१ का ३ जना पुरुष र ६ नं. वार्डका १ जना पुरुष गरी ४ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया