Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १३ कार्तिक २०७७ । मुलुकभर पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ९ सय ८४ महिला र १ हजार ३ सय ८० पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ७ सय ६९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ हजार ६ सय ८९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ३८ हजार ९ सय ५२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३१ हजार ८ सय ९८ जना र संस्थागत आइसोलेसनमा ७ हजार ५४ जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, मोरंग, सुनसरी, मोरंग, काठ्माडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्र्व, दाङ, रुपन्देही, र कैलाली गरि १४ जिल्ला रहेका छन् ।
यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय ४ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७६ जना व्यक्ति भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १७ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया