Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १२ कार्तिक २०७७ । मुलुकभर पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ७ सय ५८ महिला र १ हजार १ सय ९६ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार २ सय ४८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २ सय ९५जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ हजार ८ सय ८९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३९ हजार ६ सय ४३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३१ हजार ९ सय ३४ जना र संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ९ जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, दाङ, मकवानपुर, नवलपरासी पूर्र्व, काभ्रेप्लान्चोक, कास्की र कैलाली गरि १४ जिल्ला रहेका छन् ।
यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ९० जना संक्रमित आइसियुमा रहेका छन् भने, ७२ जना व्यक्ति भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया