Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ११ असोज २०७७ । झापामा गौरादहका २ जना सहित ९ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ५ महिला र ४ पुरुष रहेका छन् ।

आज संक्रमण पुष्टी हुनेहरुमा गौरादह-१ की २ महिला, दमक-३ र ५ नं. वार्डका २ पुरुषमा, कमल-५ की १ महिलामा र बिर्तामोड-१ र ३ नं. वार्डका २ महिला र २ पुरुष गरि ४ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, कोरोना संक्रमण का कारण गौरादह-९ बैगुन्धुराका ८० वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ । ति संक्रमित वृद्धको नोवेलमा उपचारको क्रममा हिंजो मृत्यु भएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

यस्तैगरी कोरोना संक्रमणका कारण दमक३ र ५ नं. वार्डका ९७ र ५० वर्षीय २ पुरुषको मृत्यु भएको छ भने, कमल५ का ८३ वर्षीया महिलाको पनि संक्रमण कै कारण मृत्यु भएको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ । हालसम्म झापामा संक्रमितको संख्या १ हजार ८ सय ८८ पुगेकोे छ । यस्तै आजसम्म १ हजार १ सय १९ जना डिस्चार्ज भएका छन् ।

हालसम्म विभिन्न आइसोलेसनमा उपचाररत रहेका सक्रिय संक्रमितको संख्या ७ सय ५९ रहेको छ । झापामा आजसम्म २९ हजार १ सय ९९ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया