Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १० कार्तिक २०७७ । मुलुकभर पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ६ सय ७७ महिला र १ हजार ६४ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५६ हजार ६ सय ७५ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १३ लाख ९८ हजार १ सय ७९ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २ हजार ६ सय ६९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ४३ हजार २ सय ९३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३२ हजार ६ सय ७ जना र संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ७९ जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके, मकवानपुर, नवलपरासी पूर्र्व, काभ्रेप्लान्चोक, कास्की र कैलाली गरि १६ जिल्ला रहेका छन् ।

यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ८५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ६४ जना व्यक्ति भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया