Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ९ कार्तिक २०७७ । मुलुकभर पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ हजार ६७ महिला र १ हजार ७ सय ८९ पुरुष रहेका छन् ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ३ सय ११ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १३ लाख ९३ हजार १ सय ७३ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३ हजार ३ सय २२ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४५ हजार ५ सय ७२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३२ हजार ५ सय ९३ जना र संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ७९ जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके, मकवानपुर, नवलपरासी पूर्र्व, काभ्रेप्लान्चोक, कास्की र कैलाली गरि १५ जिल्ला रहेका छन् ।

यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ७७ जना संक्रमित आइसियुमा रहेका छन् भने, ६६ जना व्यक्ति भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया