Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ९ कार्तिक २०७७ । झापामा सशस्त्र प्रहरी सहित १ सय ५१ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ५५ महिला र ९६ पुरुष रहेका छन् ।

आज संक्रमित हुनेहरुमा गौरादहका ३ महिला र ८ पुरुष गरि ११ जनामा संक्रमण पुष्टी भएको छ । भद्रपुरका १ महिला र १ पुरुष रहेका छन् । जसमध्ये १ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टी भएको छ ।

यस्तै, बिर्तामोडका २० महिला र २२ पुरुष गरि ४२ जनामा संक्रमण देखिएको छ । दमकका २५ महिला र४१ पुरुष गरि ६६ जनामा संक्रमण देखिएको छ । जसमा ५६ वर्षीय १ महिलाको मृत्यु भएको जनाइएको छ ।

यस्तै, गौरीगंजका ९ पुरुष, हल्दिबारीका ३ पुरुष, शिवसताक्षीका २ पुरुषमा संक्रमण देखिएको छ । यस्तै, कन्काईका २ महिला २ पुरुष गरि ४ जनमा, मेचिनगरका १ महिला र६ पुरुष गरि ७ जनामा र कमलका ३ महिला र २ पुरुष गरि ५ जनामा संक्रमण देखिएको छ ।

आज १ सय ५१ थपिएसँगै झापामा संक्रमितको संख्या १ हजार ७ सय ४५ पुगेको कोभिड१९ फोकल पर्सन जिवन चौंलागाइले जानकारी दिनुभयो ।

यस्तै हालसम्म १ हजार ९० डिस्चार्ज भएका छन् । बिरामी भई आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ६ सय ३१ रहेको छ । हालसम्म झापामा पीसीआर विधिबाट २९ हजार १ सय ८४ जनाको स्वाब संकलन गरिएको जनाइएको छ । कोरोनाका कारण झापामा २४ को मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया