Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा
गौरादह, ९ कार्तिक २०७७ । झापाको गौरादहमा वडा नं. ८ का वडाध्यक्ष, शिक्षक सहित ४ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १ महिला र ३ जना पुरुष रहेका छन् ।

गौरादह-८ नं. वार्डका वडाध्यक्ष भुमीराज पोखरेललाई संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो । यस्तै, वडा नं. ४ का एक शिक्षकमा, गौरादह-१ का स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीमा र वडा नं. ६ का ४ वर्षीय बालकमा संक्रमण देखिएको भट्टराईले बताउनुभयो ।

उनिहरुको कोटीहोम ल्याब तथ विराट मेडिकल कलेज विराटनगरमा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।आज संक्रमित हुनेहरु ४, ५२, ५३ र ५८ वर्ष उमेर समूहका रहेका छन् ।

गौरादहमा पहिलोपटक वडा सदस्य कोमल ढुंगानामा, २ नं.वार्डका वडाध्यक्ष हेमन्त कार्कीमा, हिंजो मात्र गौरादह-९का वडाध्यक्ष सिताराम भट्टराईलाई संक्रमण देखिएको छ । यो सँगै गौरादहमा ३ वटा वडाध्यक्ष र १ जना वडा सदस्यमा गरि ४ जनप्रतिनिधिमा संक्रमण देखिएको छ । हालसम्म सबैको स्थिति सामान्य रहेको जनाइएको छ ।

यस्तै, कोरोना संक्रमणका कारण हिंजो(शनिबार) एकजना पुरुषको मृत्यु भएको प्रमुख भट्टराईले जानकारी दिनुभयो । झापा गौरादह–६ का सहारा नेपाल साकोसमा कार्यरत कर्मचारीको मृत्यु भएको प्रमुख भट्टराईले बताउनुभयो ।

यसअघि गौरादह-१ का २ जना पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । हालसम्म गौरादहमा कोरोनाको कारण ३ जना पुरुषको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया