Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ७ कार्तिक २०७७ । मुलुकभर पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ७ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ८ सय ६३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १३ लाख ६७ हजार १६ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३ हजार ५ सय ९० जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४६ हजार ६ सय ९१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३१ हजार ७ सय २७ जना र संस्थागत आइसोलेसनमा १४ हजार ९ सय ६४ जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा झापा, सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके, मकवानपुर, काभ्रेप्लान्चोक, कास्की र कैलाली गरि १५ जिल्ला रहेका छन् ।
यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ९० जना संक्रमित आइसियुमा रहेका छन् भने, ६९ जना व्यक्ति भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १७ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया