Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, ५ कार्तिक २०७७ । झापामा आज (बुधबार) समुदायका थप ६८ जनामा संक्रमण पुष्टी भएको छ । जसमा २० महिला र ४८ पुरुषमा संक्रमण पुष्टी भएको झापाका कोभिड-१९ फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो ।

आज संक्रमित हुनेमा भद्रपुरका ४ महिला र ८ पुरुष गरि १२ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । यस्तै, बिर्तामोडका ३ महिला र १० पुरुष गरि १३ जना रहेका छन् । यस्तै, कचनकवलका २ महिला र २ पुरुष गरि ४ जनामा, बुद्धशान्तिका १ महिला १ पुरुष गरि २ जना रहेका छन् ।

यस्तै, बाह्रदशीका १ महिला ६ पुरुष गरि ७ जना रहेका छन् । कमलका १ महिला र १ पुरुष गरि २ जना रहेका छन् । मेचिनगरका ४ महिला र १० पुरुष गरि १४ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, हल्दिबारी, झापा र शिवसतासीमा १/१ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै, दमकमा १ महिला र ४ पुरुष गरि ५ जनामा संक्रमण देखिएको छ । यस्तै, कन्काईका १ महिला र १ पुरुष गरि २ जनामा, गौरादहका २ महिला र २ पुरुष गरि ४ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज ६८ जनामा संक्रमण पुष्टी भएसँगै १ हजार ५ सय १४ जनामा संक्रमण देखिएको छ । यस्तै, हालसम्म १ हजार २० जना डिस्चार्ज भएका छन् ।

हालसम्म सक्रिय संक्रमित ४ सय ७१ ज्ना विभिन्न आइसोलेसनमा रहेको जनाइएको छ भने, झापा भद्रपुर-५ का १ जना पुरुषको मृत्यु भएसँगै १८ जनाको मृत्यु भएको फोकल पर्सन चौलागाईले जानकारी दिनुभयो ।

हालसम्म झापामा २८ हजार ९ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया