Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ४ कार्तिक २०७७ । झापामा ३ जना स्वास्थ्यकर्मी सहित समुदायका ६४ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ३४ महिला र ३० पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरु भद्रपुरका ६ महिला र ३ पुरुष गरि ९ जना रहेका छन् । जसमध्ये २ जना महिला स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

यस्तै बिर्तामोडका ९ महिला र ८ पुरुष गरि १७ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, दमकका १२ महिला र १४ पुरुषमा संक्रमण पुष्टी भएको छ ।

यस्तै, मेचीनगरका ४ महिलामा संक्रमण पुष्टी भएको छ । हल्दिबारीका ३ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये, १ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

यस्तैगरि, अर्जुनधारा, कमल र कन्काईमा १ १ महिलामा संक्रमण देखिएको छ भने, बुद्धशान्ति र बाह्रदशीमा १ १ पुरुषमा संक्रमण देखिएको छ । आज ६४ जना थपिएसँगै झापामा संक्रमितको संख्या १ हजार ४ सय ७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया