Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा

गौरादह, ४ कार्तिक २०७७ । झापाको गौरादह नगरपालिका-२ का वडाध्यक्ष हेमन्त कार्कीलाई कोरोना संक्रमण पुष्टी भएको छ । ४८ वर्षीय कार्कीले आफुलाई संक्रमण पुष्टी भएको जानकारी दिनुभएको हो।

सुरुमा घाँटी दुखेपछी कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षणका लागि कार्तिक ३ गते म्याक्स मेडिकेयर दमकमा स्वाब संकलन गरि न्युरो हस्पिटल विराटनगरमा पठाइएकोमा आज संक्रमण पुष्टी भएको कार्कीले जानकारी दिनुभयो ।

कोरोना पुष्टी भएपछी पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताउँनुहुँदै हाल होम आइसोलेसनमा बस्नुभएको कार्कीले बताउनुभयो ।

गौरादहमा असोज ३० गते पहिलोपटक जनप्रतिनिधिमा संक्रमण देखिएको थियो । गौरादह-१ का नगरसभा सदस्य कोमल ढुंगानालाई संक्रमण पुष्टी भएपछी हाल वहाँ पनि होम आइसोलेसनमा बसीरहनु भएको छ । गौरादहमा आज पहिलोपटक वडाध्यक्षमा संक्रमण पुष्टी भएको छ ।

यसैबीच, गौरादहमा कोरोना पोजेटिभ हुनेको संख्या लगातार रुपमा बढ्दो रहेको जसले गर्दा थप जोखिम बढदै गएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । हिंजोमात्र गौरादह१, ४ र ५ नं. वार्डका ३ महिला र ३ पुरुषमा संक्रमण पुष्टी भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया