Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

ओसारपसार रोक्न ऐक्यबद्धता

झगेन्द्र खड्का
गौरीगंज, ३ कार्तिक । भारत सँग सिमना जोडिएको गौरीगंज गाउँपालिकामा लागुऔषध नियन्त्रण गर्न सिमनामा मात्र निगारानी बढाएर नियन्त्रण गर्न नसकिने सहभागीहरुले धारणा राखेका छन्।

हिन्दुहरुको महान पर्व दशैं तिहार र छठ पर्व नजिकिँदै जाँदा शान्ति सुरक्षा कायम गर्न ईलाका प्रहरी कार्यलय गौरीगंजले आयोजना गरेको छलफल कार्यक्रममा लागू औषध र मदिरा नियन्त्रण गर्न चुनिती रहेको वक्ताहरुले बताएका छन्। कार्यक्रममा सहभागीहरुले लागु औषध ओसारपसार रोक्ने लगायतका कार्यमा ऐक्यबद्धता पनि जनाएका छन्। पत्रकार मदन राजवंशीले लागुऔषधका कारण दुर्घटनाको समेत जोखिम बढेको बताउदै गौरीगंज तथा खजुरगाछीमा त्यस्ता ब्याक्तीहरुको जमघट हुने स्थानहरुको पहिचाहन गरि निगारानी बढाउनु पर्ने धारणा राखेका थिए।

पत्रकार आत्माराम राजवंशीले लागू औषध र प्रतिबन्धित सामग्री नियन्त्रण गर्न गौरीगंज केन्द्रीत सुरक्षा नीतिले सम्भब नहुने धारणा राखेका थिए।गौरीगंज भन्दा बाहिरका स्थानबाट पनि प्रतिबन्धित सामग्रीहरु पटका तथा अन्य बस्तुहरु ओसारपसार हुने भएकाले नियन्त्रणका लागि त्यसतर्फ पनि निगारानी बढाउनु पर्ने बताएका थिए।

सामुदायिक प्रहरी सेवा केन्द्र गौरीगंजका अध्यक्ष जय नारायण दासले चार्डपर्बका समयमा बजार तथा मन्दिर क्षेत्रमा हुने भिडभाडलाई नियन्त्रण गर्न आवश्यक रहेको धारणा राखेका थिए। बजार आउदा र पुजापाठ गर्न मन्दिर आउदा मास्क अनिवार्य लगाउनु पर्ने बताएका थिए। गौरीगंज उद्योग बाणिज्य संघका अध्यक्ष मखना महत्तोले बजार व्यवस्थापनमा उद्योग बाणिज्य संघले पनि सहयोग गर्ने बताउदै मदिरा पसलहरु साँझ ८ बजे पछाडि अनिवार्य बन्द गर्नुपर्ने धारणा राखेका थिए। स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले कोरोना भाइरस संक्रमण बढिरहेको समयमा त्यसबाट जोगिन नागरिक आफैं सचेत हुनु पर्ने धारणा राखेका थिए।

ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख राकेश रेग्मीले चार्डपर्बका समयमा हुन सक्ने सम्भावित जोखिम बिषय बस्तु प्रस्तुत गरेका थिए।प्रहरी प्रमुखले प्रस्तुत गरेका बिषय बस्तुहरु मेला पर्व, मन्दिरमा हुने पुजा ब्यवस्थापन,मेला नलाउने, पटका लगायतका सामग्री आयतमा रोक लगाउने र बेचबिखन गर्न प्रतिबन्ध लगाउने।

मदिरा जन्य पदार्थ बिक्रीवितरण गर्न निश्चित समय निर्धारण गर्ने, भिडभाड हुने स्थानलाई नियन्त्रण, बजार आउदा माक्स लगाउनु पर्ने, सामाजिक दुरि कायम गर्नु पर्ने, चार्डबार्डको समयमा खेलिने जुवा,तास र लङघुर पुर्जा बन्द गर्ने।

लागुऔषध ओसारपसार नियन्त्रण गर्न स्थानीय बासिले पनि सहयोग गर्नु पर्ने,भिडभाड हुने भएकोले सजक हुनु सबैमा जानकारीका लागि प्रहरीले माईकिङ्ग गर्ने बिषय बस्तुको बारेमा बताएका थिए। मानिसहरुको चहलपहल बढी हुने र भिडभाड हुने स्थानमा प्रहरीले डिउटी गर्ने र आवश्यकता अनुसार गाडी मोबाइल डिउटि र सादा पोसाकमा समेत प्रहरी परिचालन गर्ने बताए। गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले सुरक्षा सावधानी सबैका लागि भएको भन्दै नागरिक आफैं सचेत बनी शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहयोग गर्नु पर्ने बताए।नेपाल सरकारबाट प्रतिबन्धित सामग्री आयत निर्यातमा पुर्ण रुपमा रोक लगाइने बताए।

तपाईको प्रतिक्रिया