Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २ कार्तिक २०७७ । सरकारले कोरोना भाइरस संक्रमित सबैको उपचार खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विपन्न, असाह्य, अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपङ्तीमा खटिएका स्वाथ्यकर्मी, कर्मचारी र सरसफाईमा काम गर्नेहरुको मात्र परीक्षण तथा निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

अन्य व्यक्तिहरुले सबै किसिमका परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नु पर्ने प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

निस्शुल्क परीक्षण तथा उपचार हुने व्यक्तिहरुको इन्सुरेन्स गरेको भए उनीहरुको उपचार इन्सुरेन्सको रकमवाट नै गरिने निर्णय भएको छ ।

यसैबीच दशैको तीन दिन नवमी, दशमी र एकादशीका दिन कोरोनाको पीसीआर परीक्षण नहुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालाहरुको चाप अनुसार परीक्षण गर्ने गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको जनाएको छ ।

तर तीन दिनवाहेक अन्य दिन प्रयोगशलाहरु पूर्ण रुपमा खुल्ने र परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संक्रमितको उपचारका खटिएकाहरुलाई कोरोनाको लक्षण वा चिन्ह देखिए मात्र क्वारेन्टिनमा बस्न भनेको छ ।

यस्तै लक्षण नभएका संक्रमितलाई १० दिनमा डिस्चार्ज गराउन र उनीहरु १ साता होम क्वारेन्टिनमा बस्नु पर्ने समेत मन्त्रालयले निर्णय गरेको छ ।इमेजखबर

तपाईको प्रतिक्रिया