Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २ कार्तिक २०७७ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना रहेको जनाइएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ८ सय ७५जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १२ लाख ८३ हजार ३ सय ५४ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४ हजार ८ सय ३१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३९ हजार ३ सय ४१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २६ हजार ४ सय ८ जना र संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके, मकवानपुर र कास्की गरि १२ जिल्ला रहेका छन् ।

यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ सय १ जना संक्रमित आइसियुमा रहेका छन् भने, ६६ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया