Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १ कार्तिक २०७७ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै एक हजार ७४६ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा एक हजार ४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ८ सय जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ४ सय ३८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४ हजार ७ सय १५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३८ हजार ७ सय ३७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २५ हजार ४ सय ३८ जना र संस्थागत आइसोलेसनमा १३ हजार २ सय ९९ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके, मकवानपुर र कास्की गरि १२ जिल्ला रहेका छन् ।

यस्तै, मुस्ताङ जिल्ला कोरोना मुक्त रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ९० जना संक्रमित आइसियुमा रहेका छन् भने, ६६ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया