Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

शान्ति सुब्बा
गौरादह, १ कार्तिक २०७७ । झापाको गौरादहमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । गौरादह-१ सितल चौकका ६९ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको गौरादह-१ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

मृतकको दाहसंस्कार गरिसकेपछि मात्र हिंजो(शुक्रबार) कोरोना रिपोर्ट पोजेटिभ आएको भण्डारीले बताउनुभयो । असोज २९ गते बिहिबार नोवेल हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । मृतकलाई सोहि दिन नै उपचारका लागि नोवेल हस्पिटल लगिएको थियो ।

यसअघि स्थानीय मेडिकलमा जानुभएको र स्वास्थ्य अवस्था ठिक नभएपछि नोवेल हस्पिटल विराटनगर जानुभएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

गौरादहमा पहिलो पटक असोज १२ गते गौरादह-१ कै ५४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । यो सँगै गौरादहमा कोरोना संक्रमणका कारण २ पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका वृद्धको सम्पर्कमा आएकाहरुको सामान्य लक्षण देखिएपछि अबको ७ दिनमा पिसिआर गरिने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया