Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धरान, १ कार्तिक २०७७ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत झापा र सुनसरीका कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा धरान उपमहानगरपालिका–१५ बाझगराका ६५ वर्षीय पुरुष र झापाको शिवगन्ज–११ बस्ने ५६ वर्षीय पुरुष रहेका छन् । उनीहरुमध्ये धरानका संक्रमितको शुक्रबार ७ बजेर १५ मिनेटमा र झापाका संक्रमितको ७ बजेर ४५ मिनेटमा मृत्यु भए पनि कोभिड अस्पतालले शनिबार बिहान १० बजेमात्र औपचारिक जानकारी दिएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका उनका अनुसार पेटसम्बन्धी सेप्टिक सकका दीर्घ रोगी धरानका पुरुषको पीसीआर जाँच गर्दा असोज २८ गते कोरोना पोजिटिभ रिपोर्ट आएपछि २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी नसासम्बन्धी रोगी झापाका संक्रमितको असोज २९ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।कान्तिपुर

तपाईको प्रतिक्रिया