Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ३० असोज २०७७ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ५ सय ३१ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १२ लाख ५४ हजार १ सय ६७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ८ सय ८ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई ३७ हजार ३ सय ८२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २५ हजार ४६ जना र संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३६ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके र मकवानपुर गरि ११ जिल्ला रहेका छन् ।
हालसम्म ३ सय १५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७७ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया