Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३० असोज २०७७ । झापामा जनप्रतिनिधी र स्वास्थ्यकर्मी सहित २९ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ८ महिला र २१ पुरुष रहेका छन् ।

आज संक्रमित हुनेहरुमा ३ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौलागाईंले जानकारी दिनुभयो ।

यस्तै, आज संक्रमण देखिएकाहरु गौरादहका १ जना जनप्रतिनिधी र १ जना स्थानीय गरि २ जनामा संक्रमण पुष्टी भएको छ । भद्रपुरका २ महिला र ५ पुरुष गरि ७ जना समुदायका रहेका छन् । बिर्तामोडका ३ महिला र ६ पुरुष गरि ९ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टी भएको छ ।

यस्तै, अर्जुनधाराका २ महिला र १ पुरुष गरि ३ जना रहेका छन् । यस्तै, दमकका १ महिला र ३ पुरुष गरि ४ जनामा संक्रमण पुष्टी भएकको छ । कमलका १ जनामा संक्रमण देखिएको छ । यस्तै बुद्धशान्ति का २ पुरुषमा संक्रमण देखिएको छ । शिवसताक्षीका १ पुरुषमा संक्रमण पुष्टी भएको छ ।

यस्तै, कन्काईमा ५१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको जनाइएको छ ।

आज २९ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५० पुगेको झापाका कोभिड-१९फोकल पर्सन जीवन चौंलागाईंले बताउनुभयो । हालसम्म ९ सय १६ जना डिस्चार्ज भएका छन् । यस्तै हालसम्म ३ सय २१ जना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । कोरोनाका कारण झापामा हालसम्म १३ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म झापामा पिसिआर परीक्षणका लागि २८ हजार ४ सय ६३ जनाको स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया