Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २९ असोज २०७७ । झापामा ३ जना स्वास्थ्यकर्मी सहित ५४ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १९ महिला र ३५ पुरुष रहेका छन् । आज संक्रमित हुनेहरुमा ३ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौलागाईंले जानकारी दिनुभयो ।

यस्तै, आज संक्रमण देखिएकाहरु भद्रपुरका ४ महिला र ३ पुरुष गरि ७ जना समुदायका रहेका छन् । बिर्तामोडका ७ महिला र २३ पुरुष गरि ३० जना समुदायका व्यक्तिहरुमा संक्रमण पुष्टी भएको छ । यस्तै, अर्जुनधाराका ६ महिला र ४ पुरुष गरि १० जना रहेका छन् । जसमध्ये २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै, कन्काईका १ जना स्वास्थ्यकर्मी पुरुषमा संक्रमण देखिएको छ । यस्तै दमकका १ महिला र २ पुरुष गरि ३ जनामा संक्रमण पुष्टी भएको छ । कमलका १ जना पुरुषमा संक्रमण पुष्टी भएको छ । यस्तै बुद्धशान्तिका १ जना महिलामा संक्रमण पुष्टी भएको छ । यस्तै गौरादहका १ जना पुरुषमा पनि संक्रमण देखिएको जनाएको छ ।

आज ५४ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको झापाका कोभिड१९फोकल पर्सन जीवन चौंलागाईंले बताउनुभयो । हालसम्म ९ सय १२ जना डिस्चार्ज भएका छन् । यस्तै हालसम्म २ सय ९७ जना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । कोरोनाका कारण झापामा हालसम्म १२ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म झापामा पिसिआर परीक्षणका लागि २८ हजार ३ सय ९२ जनाको स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया