Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २९ असोज २०७७ । झापा गौरादहका थप एक पुरुषमा संक्रमण पुष्टी भएको छ । गौरादह-७ भेटवाल चोकका २५ वर्षीय पुरुषमा संक्रमण भेटिएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभयो ।

ति पुरुष काठ्माडौंबाट गौरादह घरमा आएको जनाइएको छ । कोरोना संक्रमणको आशंकामा सःशूल्क पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टी भएको थियो ।

आज १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा १० महिला र २६ पुरुष गरि ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज संक्रमित पुरुषलाई जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिएको वडाध्यक्ष खरेलले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया