Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

झापा, २८ असोज २०७७ । मुलुकभर आज थप २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप २ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ७४ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ९ सय ४७ जनाको परीक्षण गरिएको छ ।

आजसम्म पीसीआर विधिबाट १२ लाख २१ हजार ३८ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार ४ हजार ६ सय ६६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई ३६ हजार ३ सय ६७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २१ हजार ५ सय ४८ जना र संस्थागत आइसोलेसनमा १४ हजार ८ सय १९ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके र मकवानपुर गरि ११ जिल्ला रहेका छन् ।

हालसम्म ३ सय ५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७० जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यसैबीच, कोभिड-१९ का कारण आज ९ जनाको मृत्यु भएको छ । जसमा २ महिला र ७ पुरुष रहेका छन् ।
बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ ।

यो सँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया