Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

झापा, २८ असोज २०७७ । झापामा जनप्रतिनिधि, सुरक्षाकर्मी, कैदी, स्वास्थ्यकर्मी र कर्मचारी सहित ४१ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १० महिला र ३१ पुरुष रहेका छन् ।

आज संक्रमित हुनेमा गौरादहका बैंकमा कार्यरत १ पुरुष रहेका छन् । यस्तै, मेचीनगरमा २ महिला ५ पुरुष गरि ७ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये १ जना जनप्रतिनिधि र २ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै, भद्रपुरका १ महिला र १३ पुरुष गरि १४ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये १ जना सुरक्षाकर्मी र ९ जना कैदी रहेका छन् । बिर्तामोडमा ६ जना पुरुषमा संक्रमण पुष्टी भएको छ । जसमध्ये ३ जना स्वास्थ्यकर्मी र २ जना कर्मचारी रहेका छन् ।

यस्तै, अर्जुनधाराका २ महिला र १ पुरुष गरि ३ जनामा संक्रमण पुष्टी भएको छ । बुद्धशान्तिका २ महिला र १ पुरुष गरि ३ जनामा संक्रमण पुष्टी भएको छ । उनिहरु सबै स्थानीय रहेका छन् ।

यस्तै  कन्काईका १ महिला र २ पुरुषमा संक्रमण पुष्टी भएको छ । जसमध्ये २ जना कर्मचारी रहेका छन् ।

यस्तै, दमक नगरपालिकामा २ महिला र २ पुरुष गरि समुदायका ४ जनामा संक्रमण पुष्टी भएको छ ।

आज ४१ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६७ पुगेको झापाका फोकल पर्सन जीवन चौंलागाईंले बताउनुभयो ।

हालसम्म ९ सय ११ जना डिस्चार्ज भएका छन् । यस्तै हालसम्म २ सय ४४ जना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । कोरोनाका कारण झापामा हालसम्म १२ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म झापामा पिसिआर परीक्षणका लागि २८ हजार २ सय ६९ जनाको स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया