Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २८ असोज २०७७ । झापा गौरादहका एकजना पुरुषमा संक्रमण पुष्टी भएको छ । बैंकमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

गौरादह-७ ठेगाना भएका २२ वर्षीय पुरुष केराबारीमा बैंकमा कार्यरत कर्मचारी रहेको श्रेष्ठले बताउनुभयो ।

कोरोना संक्रमणको आशंकामा हिंजो(मंगलबार) सःशुल्क आफैं न्युरो हस्पिटल विराटनगरमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टी भएको जनाइएको छ ।

आज १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा १० महिला र २५ पुरुष गरि ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गौरादहमा ८ महिला र १६ पुरुष गरि २४ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमित गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल २ जना महिला र ८ पुरुष गरि १० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा गौरादह-१ का पुरुष धरानको आइसोलेसनमा, गौरादह-६ का संक्रमित पुरुष नोवेल हस्पिटलको आइसोलेसनमा, गौरादह-१ की संक्रमित सुत्केरी महिला र गौरादह-१ का संक्रमित पुरुष होम आइसोलेसनमा र गौरादह-९ का २ पुरुष, १ महिला यस्तै, गौरादह-२, ३ र ७ का ३ जना संक्रमित पुरुष जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया