Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, २७ असोज २०७७ । झापा गौरादहका एकजनामा संक्रमण भेटिएको छ । गौरादह-१ ठेगाना भएका २७ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो ।

आज संक्रमण पुष्टी भएका पुरुष प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीका स्वकीय सचिव कमल पौडेल रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको आशंकामा हिंजो(सोमबार) प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टी भएको जनाइएको छ । गौरादहमा भने, आज रिपोर्ट प्राप्त भएको श्रेष्ठले बताउनुभयो ।

आज १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा १० महिला र २४ पुरुष गरि ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित २ जना डिस्चार्ज भएसँगै हालसम्म गौरादहमा ८ महिला र १६ पुरुष गरि २४ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमित गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल २ जना महिला र ७ पुरुष गरि ९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा गौरादह-१ का पुरुष धरानको आइसोलेसनमा, गौरादह-६ का संक्रमित पुरुष नोवेल हस्पिटलको आइसोलेसनमा, गौरादह-१ की संक्रमित सुत्केरी महिला र गौरादह-१ का संक्रमित विराटनगरकै होम आइसोलेसनमा र गौरादह-९ का २ पुरुष र १ महिला यस्तै, गौरादह-२ र ३ का संक्रमित पुरुष जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया