Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २७ असोज २०७७ देशभर आज थप ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ हजार २ सय ३३ महिला र २ हजार ३ सय २३ जना पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ३ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ५ सय ७७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १२ लाख ७ हजार ९१ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय ९५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई ३५ हजार ९ सय १५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा २० हजार ८ सय ६७ जना र संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, दाङ, बाँके र मकवानपुर गरि ११ जिल्ला रहेका छन् ।
यस्तै, जिल्ला कोरोना संक्रमणमूक्त जिल्लामा मनाङ मात्र रहेको छ ।

हालसम्म ३ सय ७ जना संक्रमित आइसियुमा रहेका छन् भने, ६६ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड(१९ का कारण आज १८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया