Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, २७ असोज २०७७ । विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण कार्यक्रमको आयोजना गर्दै कारितास नेपाल दमक झापाले कमल गाउँपालिकाको विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै कारितास नेपाल दमकले कोभिड-१९ संक्रमण रोकथामका लागि कमल गाउँपालिका भित्र रहेका ७ वटा सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

यस्तो विषम परिस्थिीतिमा पनि विद्यालयमा गई एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामग्री सहयोग गरिएको कारितास नेपाल दमक झापाका प्रकोप व्यवस्थापन विभागका परियोजना अधिकृत रविन भट्टराईले जानकारी दिनुभयो ।

कारितास नेपाल दमकले कमल गाउँपालिका सँग समन्वय गर्दै विपद् परियोजना भित्र परेका ७ वटा विद्यालयहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको अधिकृत भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार विपद् परियोजना अन्तर्गत भित्र परेका कमल गाउँपालिका का कमला मदन माध्यमिक विद्यालय, ज्योति माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय र नरेन्द्र जनता माध्यमिक विद्यालयलाई लिक्विड हयाण्ड वास २०० एमएलको १० वटा, डेटोल/लाइफबाय साबुन ५० वटा, सर्जिकल मास्क १ हजार वटा, एन-९५ मास्क ५० वटा, स्यानिटाइजर ५ लिटर, थर्मल गन ३ वटा, ग्लोभ्स ५ प्याकेट, किटाणुनाशक ५ प्याकेट, स्प्रे टयांक १ वटा, प्राथमिक उपचार बक्स २ वटा र पिपिइ सेट २ वटा सहयोग गरिएको जनाइएको छ ।

यस्तै, अरनिको प्राथमिक विद्यालय, नवदुर्गे प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालयलाई लिक्विड हयाण्ड वास २०० एमएलको ५ वटा, डेटोल/लाइफबाय साबुन २५ वटा, सर्जिकल मास्क ६ सय वटा, एन-९५ मास्क २५ वटा, स्यानिटाइजर ३ लिटर, थर्मल गन २ वटा, ग्लोभ्स २ प्याकेट, किटाणुनाशक ५ प्याकेट, स्प्रे टयांक १ वटा, प्राथमिक उपचार बक्स १ वटा र पिपिइ सेट १ वटा सहयोग गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कारितास नेपालले कारितास इटालिनाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य सामग्री सहयोग गरेको कारितास नेपाल दमक झापाका प्रकोप व्यवस्थापन विभागका परियोजना अधिकृत रविन भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया