Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

मंसिर २५, २०७४ काठमाडौं ÷पत्रकार खेम थपलिया रिहा भएका छन्। थपलियालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार रुपैयाँ धरौटीमा सोमबार रिहा गरेको हो। पत्रकार थपलियालाई मंसिर १ गते काठमाडौंको बागबजारबाट प्रहरीले पक्राउ गरेको थियो। थपलियाको गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ दिनपछि थपलिया रिहा भएका हुन्। प्रगतिशील लेखक संघको कार्यक्रममा सहभागी भएर फर्कंदै गर्दा बागबजारबाट थपलियालाई गिरफ्तार गरिएको थियो। थपलियालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामान्य धरौटीमा रिहा गरेको हो। थपलियालाई स्वागत गर्दै जैसीले विना कारण गिरफ्तार गरी २५ दिनको हिरासतमा राखिनु राज्यको कमजोरी भएको बताए। उनले बाँकी पत्रकारलाई पनि तत्‍काल रिहा गर्न माग गरेका छन्। सरकारले प्रेसप्रतिको अनुदार रवैया जारी राखे महासंघ आन्दोलनमा उत्रन बाध्य हुने जैसीले चेतावनीसमेत दिए। रिहाइपछि छोटो प्रतिक्रिया दिँदै पत्रकार थपलियाले आफ्नो रिहाइका लागि पहल गर्ने सबैलाई धन्यवाद दिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments