Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २६ असोज २०७७ । देशभर आज थप ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ जना पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ७३ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ५ सय ३० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ११ लाख ९१ हजार ५ सय १४ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई ३३ हजार ८ सय ८० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १९ हजार ९ सय ५७ जना र संस्थागत आइसोलेसनमा १३ हजार ९ सय २३ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत, बाँके र मकवानपुर गरि १० जिल्ला रहेका छन् ।
यस्तै, मनाङ जिल्ला कोरोना संक्रमणमूक्त रहेको छ ।

हालसम्म २ सय ७९ जना संक्रमित आइसियुमा रहेका छन् भने, ६७ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यसैबीच, कोभिड-१९ का कारण आज ९ जनाको मृत्यु भएको छ । जसमा २ महिला र ७ पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया