Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, २६ असोज २०७७ । झापामा २ जना अस्पतालका कर्मचारी र १ जना बैंकका कर्मचारी सहित समुदायका ११ जनामा संक्रमण देखिएको छ । जसमा ५ महिला र ६जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईंले जानकारी दिनुभयो ।

आज संक्रमित हुनेहरुमा भद्रपुरका १ महिला ३ पुरुष गरि ४ जना रहेका छन् । उनिहरु मध्ये २ जना अस्पतालका कर्मचारी र १ जना बैंकका कर्मचारी रहेको जनाइएको छ ।

यस्तै, अर्जुनधाराका १ महिला १ पुरुष गरि २ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित महिला पुरुष समुदायका रहेका छन् ।

यस्तै, दमक नगरपालिकामा ३ महिला र २ पुरुष गरि समुदायका ५ जनामा संक्रमण पुष्टी भएको छ ।

आज ११ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या १ हजार १ सय २१ पुगेको फोकल पर्सन चौंलागाईंले बताउनुभयो । हालसम्म ८ सय ८९ जना डिस्चार्ज भएका छन् ।

यस्तै, हालसम्म २ सय २० जना संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् । कोरोनाका कारण झापामा हालसम्म १२ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म झापामा पिसिआर परीक्षणका लागि २७ हजार ९ सय ५१ जनाको स्वाब संकलन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया