झापा, २५ असोज २०७७ । देशभर आज थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा७ सय २ महिला र १ हजार ३ सय ६९ जना पुरुष रहेका छन् ।
नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको बताए ।
यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ५२ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४ सय २७ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ११ लाख ७६ हजार ९ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ६ सय १३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई ३१ हजार ३ सय १५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १७ हजार ६ सय ६६ जना र संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ४९ जना रहेका छन् ।
यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सुर्खेत गरि ८ जिल्ला रहेका छन् ।
यस्तै, मनाङ र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।
हालसम्म ३ सय २९ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७६ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड(१९ का कारण आज २२ जनाको मृत्यु भएको छ । जसमा ५ महिला र १७ पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।