Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २५ असोज २०७७ । झापाको गौरादह नगरपालिकाले अबको एक साता सम्म पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न नसकिने जनाएको छ ।

गौरादह नगरपालिका अन्तर्गत नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।
यहि असोज १९ र २३ गते कोरोना संक्रमणको आशंकामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा प्रयोगशालामा प्राविधिक समस्या आएको हुनाले हालसम्म १९ गतेको बाँकी ९ वटा र २३ गतेको ३० वटाको रिपोर्ट हाल सम्म प्राप्त नभएकोले अबको एकसाता सम्म क्वारेन्टाइनमा बसेका मानिसहरुको स्वाब संकलनको कार्य गर्न नसकिने गौरादह नगर स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच, हाल नमुनाखेतीको क्वारेन्टाइनमा ४० जना र जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको क्वारेन्टाइनमा १२ जना गरि ५२ जना गौरादह नगरपालिकाको क्वारेन्टाइनमा रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया