Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

कमल, २४ असोज २०७७ । झापाको कमल गाउँपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा खुकुरी प्रहार गरि झापाको कमल गाउँपालिकामा आज साँझ आफनै श्रीमतीको हत्या गरेका हुन् ।

कमल –२ त्रिवेणी चौकका ३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गरी २४ बर्षिया श्रीमती रिता थापाको साँझ सवा ५ वजेतिर हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

अभियुक्तले श्रीमतीको टाउको र घाँटीमा प्रहार गरेका थिए ।उहाँका अनुसार खुकुरी प्रहारबाट रिताको घटनास्थलमै मृत्यु भएको थियो । अभियुक्त महिना दिन अघि मात्र बैदेशिक रोजगारीवाट घर आएका हुन् ।

घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछीले घटनास्थलबाटै नियन्त्रणमा लिएको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको प्रनाउ पण्डितले वताए ।

तपाईको प्रतिक्रिया