Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २४ असोज २०७७ । देशभर आज थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ हजार ८ सय २३ महिला र ३ हजार १ सय ८५ जना पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप ५ हजार ८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार २ सय २९ रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ३ सय २० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ११ लाख ६४ हजार ५ सय ५७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ६ सय ८६ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई ३० हजार ८ सय १८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १७ हजार १ सय ६४ जना र संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही, सुर्खेत र बाँके गरि ९ जिल्ला रहेका छन् ।

यस्तै, मनाङ र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म ३ सय २१ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७७ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।
यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड-१९ का कारण आज १४ जनाको मृत्यु भएको छ । जसमा २ महिला र १२ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया