Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, २४ असोज २०७७ । झापाको गौरादहका थप एक पुरुषमा संक्रमण पुष्टी भएको छ । मार्केटिङ्ग पेशामा कार्यरत रहनुभएका गौरादह-३ का ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

काठ्माडौंमा मार्केटिङ्ग पेशामा कार्यरत रहँदै आउनुभएका ति व्यक्तिले कोरोना हुन सक्ने आशंकामा हिंजो वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आफैं सःशुल्क पीसीआर परीक्षण गर्दा उहाँको आज रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । संक्रमित पुरुषलाई गौरादहकै आइसोलेसनमा राखिसकिएको श्रेष्ठले जानकारी दिनुभयो ।

आज १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा १० महिला र २३ पुरुष गरि ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हालसम्म गौरादहमा ६ महिला र १६ पुरुष गरि २२ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमित गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल ४ जना महिला र ६ पुरुष गरि १० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा गौरादह-१ का संक्रमित महिला र पुरुष गरि २ जना धरानको आइसोलेसनमा, १ जना संक्रमित महिला नोवेल अस्पतालको आइसोलेसनमा र गौरादह-६ का संक्रमित पुरुष सोही हस्पिटलको आइसोलेसनमा, गौरादह-१ की संक्रमित सुत्केरी महिला नोवेल शिक्षण अस्पताल विराटनगरको आइसोलेसनमा र गौरादह-९ का २ पुरुष र १ महिला यस्तै, गौरादह-२ र ३ का संक्रमित पुरुषलाई पनि जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया