Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २३ असोज २०७७ । देशभर आज थप २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ सय ३२ महिला र १ हजार ३ सय २७ जना पुरुष रहेका छन् ।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर आज थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको बताए ।

यस्तै, २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ८० रहेको छ भने, हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार २ सय ७९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ११ लाख ४५ हजार २ सय ३७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ४ हजार ७ सय ३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, हालसम्म देशभर सक्रिय संक्रमित भई २७ हजार ५३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना र संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् ।

यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ५०० भन्दा धेरै संक्रमित भएका जिल्लाहरुमा सुनसरी, मोरंग, काठ्माडौं, चितवन, भक्तपुर, ललितपुर, रुपन्देही र सुर्खेत गरि ८ जिल्ला रहेका छन् ।

यस्तै, मनाङ र मुस्ताङ गरी २ जिल्ला कोरोना संक्रमणमूक्त रहेका छन् ।

हालसम्म ३ सय १८ जना संक्रमित आइसियुमा रहेका छन् भने, ७५ जना व्यक्ति भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताए ।

यस्तै, प्रवक्ता गौतमका अनुसार कोभिड-१९ का कारण आज १० जनाको मृत्यु भएको छ । जसमा १ महिला र ९ पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया