Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, २३ असोज २०७७ । झापाको गौरादहका एक पुरुषमा संक्रमण पुष्टी भएको छ । गौरादह-२ का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

गौरादह घर भई काठ्माडौंमा बस्दै आएका पुरुषमा शुक्रराज ट्रपीकल हस्पिटल काठ्माडौंमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । संक्रमित पुरुषको २० गते नै रिपोर्ट पोजेटिभ आएको भएता पनि गौरादहमा भने, आज रिपोर्ट प्राप्त भएको श्रेष्ठले बताउनुभयो ।

संक्रमित पुरुष सुरक्षितका साथ एम्बुलेन्समा आज आएको र उहाँलाई गौरादहकै आइसोलेसनमा राखिसकिएको श्रेष्ठले जानकारी दिनुभयो ।

आज १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा १० महिला र २२ जना पुरुष गरि ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

हालसम्म गौरादहमा ६ महिला र १६ पुरुष गरि २२ जना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमित गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।

हाल ४ जना महिला र ५ पुरुष गरि ९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जसमा गौरादह-१ का संक्रमित महिला र पुरुष गरि २ जना धरानको आइसोलेसनमा, १ जना संक्रमित महिला नोवेल अस्पतालको आइसोलेसनमा र गौरादह-६ का संक्रमित पुरुष सोही हस्पिटलको आइसोलेसनमा, गौरादह-१ की संक्रमित सुत्केरी महिला नोवेल शिक्षण अस्पताल विराटनगरको आइसोलेसनमा र गौरादह-९ का २ पुरुष र १ महिला जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा र आज संक्रमण पुष्टी भएका गौरादह-२ का पुरुषलाई पनि जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनको आइसोलेसनमा राखिएको श्रेष्ठले बताउनुभयो ।

यसैबीच, गौरादहमा २२ मध्ये १३ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । ९ जनाको अझै होल्डमा रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । यहि असोज २१ गते ६३ मध्ये ४० जनाको रिपोर्ट आएको थियो । त्यसमध्ये २२ को रिपोर्ट होल्डमा रहेको थियो ।

तपाईको प्रतिक्रिया