Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झगेन्द्र खड्का

गौरीगंज, २२ असोज । चार्डपर्व नजिकिदा उपभोक्ताहरु मूल्य र गुणस्तरमा ठगीमा नपरुन भनेर झापाको गौरीगञ्ज र गौरादह बजार अनुगमन गरिएको छ ।

चाडपर्व नजिकिएसंगै ईलाका प्रशासन कार्यालय गौरीगंजले बजार अनुगमनलाई तिब्रता दिएको हो । ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख धनन्जय कुमार शाहको नेतृत्वमा आज बिहिवार बाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, ईलाका प्रहरी कार्यलय गौरीगंज र गौरादह सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

प्रत्येक बर्ष दशै, तिहार जस्ता ठूला पर्व आउने समयमा बजार अनुगमन हुने गरेको छ । ईलाका प्रशासन कार्यालय प्रमुख शाहको नेतृत्वको अनुगमन टोलीले अनुगमनका क्रममा गौरादह तथा गौरीगञ्ज बजारमा रहेका होटल,किराना पसल,फलफूल पसल,माछा मासु पसल, तरकारी पसल तथा हार्डवयर, कपडा पसल,औषधि पसल, कसमेटिक्स लगायतका पसलहरुको अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा गौरादहका ४१ र गौरीगञ्जका ४४ वटा गरी एकै दिनमा ८५ वटा पसलहरूको अनुगमन गरीएको शाहले बताए । बजार अनुगमन गर्दा जथाभावि मूल्यमा तथा म्याद सकिएका र सडेगलेका समान बिक्रीबितरण हुने सम्भावनाबाट उपभोक्तालाई बचाउन सकिने साथै बिक्रेतालाई सचेत गराउन उपयुक्त हुने उपभोक्ता हित संरक्षण मन्चका चक्रपाणी बरालले बताए ।

बजार अनुगमनका क्रममा केही पसलमा मूल्य शूचि नराखेको भेटिएको अनुगमन टोलीले जनाएको छ । बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्रि,व्यवसाय दर्ता तथा नवीकरण, मुल्यसूची, प्रतिबन्धित वस्तु विक्री भए नभएको बिषयमा अनुगमन गरिएको टोलीले जनाएको छ।

अनुगमन टोलिले ब्यापारीहरुबाट भएका कमजोरी ७ दिन भित्र नसच्चिए बजार अनुगमन निर्देशिका २०७४ बमोजिम दण्ड र कानुन बमोजिम जरिवाना गर्ने चेतावनी दिएको थियो । व्यवसाय दर्ता तथा नवीकरण नगर्ने, मुल्यसूची नराख्ने, प्रतिबन्धित वस्तु विक्री गर्ने गौरीगञ्जका ३ जना व्यापारीहरुलाई पहिलो पटक सुझावसहित चेतावनी पत्र दिएको टोलीले जनाएको छ। फलफूल पसलमा भेटिएका म्याद गुज्रिएका फलफूल तथा मिठाईहरु नष्ट गरिएको थियो।

अनुगमन टोलिले ब्यापारीहरुबाट भएका कमजोरी १५ दिन भित्र नसच्चिए बजार अनुगमन निर्देशिका २०७४ बमोजिम दण्ड र कानुन बमोजिम जरिवाना गर्ने चेतावनी दिएको थियो ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष तथा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोले बजार अनुगमन गर्ने क्रममा अखाद्य वस्तु विक्री वितरण गर्ने, म्याद नाघेका वस्तु वेचविखन गर्ने र व्यवसायिक प्रमाण पत्र नलिएको दोस्रो पटक भेटिएमा कानुन बमोजिम कार्वाही गर्ने बताए। गौरीगंज उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका महत्तोले
उपभोक्तको स्वास्थ्यसंग जोडिएको दैनिक उपभोग्य वस्तुको वेचविखन कार्यमा लावारवाही गर्ने जो सुकै व्यापारीलाई २०७४ को बजार अनुगमन निर्देशिका बमोजिम दण्ड र सजाय हुने बताए।

चार्डपर्ब नजिकिदा बजारमा उपभोग्य बस्तुको माग बढ्ने र आपूर्तीमा कमिहुँदा अखाद्य बस्तु समेत बिक्री हुन सक्ने जसका कारण उपभोक्ताहरु ठगिन सक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर राख्दै ठगिनबाट जोगाउन बजार अनुगमनलाई क्रमश निरन्तरता दिइने ईलाका प्रशासन कार्यालयका प्रमुख शाहले बताए । उपभोक्ताहरु पनि आफू सचेत बन्नुपर्ने शाहको भनाइ छ ।

तपाईको प्रतिक्रिया